News
फुटबल संघ र क्लबहरुलाई एन्फाको राहत रकम

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका जिल्ला फुटबल संघ र क्लबहरुलाई राहत रकम वापत कुल १८ लाख ७५ हजार रकम छुट्याएको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण असहज परिस्थितिसँग जुधिरहेको नेपाली फुटबल पनि अहिले ठप्प प्रायः छ । एन्फाका अनुसार प्रत्येक जिल्ला फुटबल संघ र क्लबहरुले उपलब्ध गराएको मुल्यांकनका आधारमा फुटबल संघ र १२ क्लबहरुलाई जनही ७५–७५ हजार राहत वापत उपलब्ध गराइएको छ ।
साथै एन्फाले राहत लिन छुटेका अन्य फुटबल संघ र क्लबहरुलाई पनि आ–आफ्नो मुल्यांकन पत्र एन्फामो बुझाई राहत रकम लिन आग्रह समेत गरेको छ ।
स्मरण रहोस, उक्त राहत रकम विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफू मातहतका सदस्य राष्ट्रहरुलाई कोभिड–१९ का कारण आवश्यक आर्थिक समस्या झेल्न नपरोस भनेर उपलब्ध गराएको हो ।
Post Comments
Related News
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय