News गण्डकी प्रदेशलाई राइनो संरक्षण गोल्डकपको उपाधी
गोलनेपाल

मध्यविन्दु । छैठौं राइनो संरक्षण गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधी गण्डकी प्रदेशले जितेको । फाइनलमा २८ बिगाहा युवा क्लब, कावासोतीलाई २-१ ले हराउँदै गण्डकी च्याम्पियन बनेको हो ।

मध्यविन्दु नगरपालिका-२ कोल्हुवा स्थित राइनो रंगशालामा भएको उपाधी भिडन्तमा गण्डकीका लागि दुवै गोल मुकुन्द न्युरेले गरे । पराजित २८ बिगाहाका लागि अन्जल महर्जनले एक मात्र गोल फर्काएका थिए ।

विजेता बनेको गण्डकीले उपाधी सहित नगद ८ लाख हात पार्यो भने उपविजेता २८ बिगाहाले ४ लाखमा चित्त बुझाउन बाध्य बन्यो ।

गण्डकीका मुकुन्द न्युरे फाइनल खेलको म्यान अफ द म्याच चुनिए । अन्य विधातर्फ गण्डकी कि गोलरक्षक आकाश रानभाट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार गण्डकीका मुकुन्द न्युरे र २८ बिगाहाका समीर तामानले संयुक्त रुपमा हात पारे । विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा लगायतले पुरष्कृत गरेका थिए ।

राइनो क्लब, मध्यबिन्दु-४, नवलपुरको आयोजनामा गत माघ २७ गतेदेखी शुरु भएको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएक्ता थिए ।

Post Comments