News वाफ च्याम्पियनसिपको फाइनलमा नेपाल
गोलनेपाल

काठमाडौ । पहिलोपल्ट सहभागिता जनाईरहेको नेपाल जारी वाफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार अबेर राती सम्पन्न दोस्रो सेमिफाइनलमा नेपालले लेबनानलाई २-१ ले हराउँदै उपाधी नजिक पुग्न सफल भएको हो ।

पृन्स अब्दुलाह अल-फैजल स्पोर्ट्स सिटी स्टेडियममा भएको खेलमा शुरुवाती अग्रता भने लेबनानले लिएको थियो । गोलरक्षक अन्जिलासँगको तालमेल नमिल्दा ३८औं मिनेटमा पुजा रानाले आत्मघाती गोल गर्न पुगेकी थिईन ।

पहिलो हाफसम्म १-० ले पछि परेको नेपालले दोस्रो हाफमा भने खेलमा फर्कियो । ७६औं मिनेटमा साबित्रा भण्डारीले विपक्षी खेलाडीको कमजोरीको फाइदा उठाउँदै बराबरी गोल फर्काईन ।

त्यस्तै निर्णायक गोल भने खेलको इन्जुरी समयमा प्रीती राईले गरिन । बक्स बाहिरबाट गरेको उनको कडा प्रहार सुन्दर गोलमा परिणत भएको थियो । जुन गोल नेपाललाई जित दिलाउम निर्णायक पनि बन्यो ।

नेपालले अब बिहीबार हुने फाइनलमा साविक विजेता जोर्डनसँग उपाधिका लागि फाइनल खेल्नेछ ।

Post Comments