News ए डिभिजन लिग : थ्रीस्टारलाई फ्रेण्डसको चुनौति
गोलनेपाल

पल्सर शहिद स्मारक ए डिभिजन लिगमा आज उपाधिको दावेदार मध्ये एक मानिएको रुस्लान थ्रीस्टार क्लब र एनआईबीएल फ्रेण्डस् क्लब भिड्दैछन् ।

जारी लिगमा यी दुवै टोलीको यो पहिलो भिडन्त हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज ११ बजेदेखि शुरु हुन गईरहेको यी दुईबीचको भिडन्त पनि निश्चित जितका लागि हुनेछ । दुवै टोली लिगको शुरुवात जितका साथ अंक बटुलेर गर्न चाहन्छन् ।

त्यसो त थ्रीस्टारसँग राष्ट्रिय तथा अनुभवी खेलाडीहरुको सम्मिश्रण रहेकोले पनि पाटने क्लबलाई नै आज जितको बलियो प्रत्याशी मानिएको छ । यद्यपि उसले फ्रेण्डसलाई कमजोर रुपमा भने लिने छैन ।

त्यस्तै आज नै दिनको ३ बजेबाट हुने अर्को खेलमा जावलाखेल युथ क्लब र विभागीय टोली नेपाल पुलिस क्लब पनि आमने सामने हुँदैछन् ।

यी दुई टोलीको पनि आजको खेल लिगको पहिलो भिडन्त हुनेछ । जहाँ दुवै टोलीको ध्यान ३ अंक आफ्नो खातामा पार्ने हुनेछ ।

Post Comments