News
एआइटिएम आइटी फुटसल कप चैत्र पहिलो साता
काठमाडौं । एसियन स्कुल अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट (एआइटिएम), सातदोबाटो, ललितपुरको आयोजनामा आउँदो चैत्र ४ गतेका दिन एआइटिएम आइटी कप फुटसल प्रतियोगिता हुने भएको छ ।
ब्याचलर लेभलमा अध्ययनरत छात्र खेलाडीहरुलाई लक्षित गरी आयोजना हुन गईरहेको प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक टोलीहरुका लागि फागुन ३० गतेसम्म टिमदर्ता खुला गरिएको छ । टिमदर्ता शुल्क भने ७ हजार तोकिएको छ । त्यस्तै खेलतालिका चैत्र १ गते प्रकाशन गरिने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्ने खेल संयोजक आलिग तामाङले जानकारी दिए । साथै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक तामाङले बताए ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि