News साफ यु-१६ महिला च्याम्पियनसिप आजदेखि
गोलनेपाल

काठमाडौं । साफ यु-१६ महिला च्याम्पियनसिपको छैठौं संस्करण आजदेखी च्यासल स्टेडियममा शुरु हुँदैछ । उद्घाटन खेलमा भारत र भुटान भिड्दैछन । खेल ३ बजेदेखी शुरु हुनेछ ।

आयोजक नेपालले भने आफ्नो पहिलो खेल शनिबार बंगलादेशसँग खेल्नेछ । सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा यसपटक नेपाल, भारत, भुटान र बंगलादेश गरि कुल चार टोलीहरुले सहभागिता जनाएका छन ।

लिग चरणको खेलपश्चात शिर्ष दुई स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल भने ८ मार्चका दिन हुनेछ ।

प्रतियोगिताको गर संस्करणको उपाधी रसियाले जितेको थियो । यद्यपि यसपटक रसिया भने सहभागी छैन ।

Post Comments