
काठमाडौं । बिहीबार राती सम्पन्न वाफ महिला च्याम्पियनसिपको पहिलो सहभागिता मै फाइनल पुगेर उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले नगदसहित पुरस्कृत गर्ने घोषणा गरेका छन् ।
शुक्रबार स्वदेश फर्किएको नेपाली महिला फुटबल टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेपछि एन्फा अध्यक्ष नेम्वाङले टोलीका प्रत्येक सदस्यहरुलाई जनही ५१–५१ हजार नगदसहित पुरस्कृत गर्ने घोषणा गरेका हुन् ।
स्मरण रहोस, बिहीबार भएको उपाधि भिडनतमा नेपालले साविक विजेता जोर्डनसँग टाईब्रेकरमा ५–३ ले पराजित हुँदै उपविजेता बन्न बाध्य बनेको थियो । त्यसअघि साउदी अरेबियाको जेद्दाह शहरमा भएको निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।
नेपाल समूह चरणमा इराक, सिरिया र प्यालेस्टाइनलाई हराएको थियो भने सेमिफाइनलमा लेबनानलाई हराउँदै फाइनलमा जोर्डनसँगको भेट पक्का गरेको थियो ।
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त