News नेपाललाई आज बंगलादेशको चुनौति
गोलनेपाल

काठमाडौं । साफ यु–१६ महिला च्याम्पियनसिपतर्फ आज आयोजक नेपालले लिग चरणको पहिलो खेलमा बंगलादेशको सामना गर्दैछ । बंगलादेश गत संस्करणको उपविजेता समेत हो ।

च्यासल रंगशालामा ३ बजेदेखि शुरु हुने आजको खेल दुवै टोलीका लागि महतवपूर्ण छ । नेपाललाई घरेलु मैदान र समर्थकको पनि केही हदसम्म साथ रहनेछ । यद्यपि दुवै टोलीको पहिलो लक्ष्य प्रतियोगितामा विजयी शुरुवात गर्ने नै हुनेछ ।

दुवै टोली फाइनलका बलिया प्रत्याशी पनि हुन् । प्रतियोगितामा दक्षिण एसियाका कुल चार टोलीहरु सहभागि छन् । सिंगल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।

स्मरण रहोस, शुक्रबार भएको उद्घाटन खेलमा भारतले भुटानमाथि ७–० को जित निकाल्दै उत्कृष्ट शुरुवात गरेको थियो । फाइनल खेल १० मार्चका दिन हुने कार्यक्रम छ ।

Post Comments