News थन्डरबोल्ट फाइनलमा, अन्जन म्यान अफ द म्याच
गोलनेपाल

 काठमाडौं । सिक्किम प्रीमियर लिग खेलिरहेका नेपालका स्टार फरवार्ड अन्जन बिष्टको टोली थन्डरबोल्ट नर्थ युनाईटेड, लिगको फाइनलमा प्रवेश गरेको छ ।

फाइनल प्रवेश गर्ने क्रममा थन्डरबोल्टले सिक्किम ड्रागन्स एफसीलाई टाईब्रेकरमा हरायो । त्यसअघि निर्धारित समयको रोमान्चक खेल दुवै टोलीले २-२ गोलको बराबरी खेलेका थिए ।

सिक्किमको गङ्तोकस्थित पाल्जोर स्टेडियममा भएको खेलमा थन्डरबोल्टका लागि अन्जनले पनि गोल गरेका थिए । यद्यपि खेल २-२ गोलको बराबरीमा टुंगिन पुगेको थियो ।

टाईब्रेकरमा भने थन्डरबोल्टले सिक्किम ड्रागन्समाथी ५-४ को जित निकाल्दै उपाधी नजिक पुग्न सफल भयो । खेलमा अन्जन बिष्ट म्यान अफ द म्याच समेत चुनिए ।

थन्डरबोल्टले अब यही ४ मार्च सोमबारका दिन हुने फाइनलमा सिङ्लिङ स्पोर्टिङ क्लबसँग उपाधिका लागि भिड्नेछ । फाइनल खेल पनि पाल्जोर स्टेडियम मै हुनेछ ।

Post Comments