News मोरङ २४औं बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

धरान । विभागीय टोली नेपाल पुलिस क्लब विरुद्ध उत्कृष्ट जित हात पार्दै मोरङ जिल्ला फुटबल संघ जारी २४औं बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ मोरङले पुलिसलाई ३-० ले हरायो र अन्तिम चारमा स्थान सुरक्षित गर्यो । मोरङका लागि उमेश कार्की, महेन्द्र कार्की र सुशील राईले गोल गरे ।

खेलमा मोरङका उमेश कार्की म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन २९ गते मंगलबारको चौथो तथा अन्तिम क्वाटरफाइनल चर्च ब्वाईज युनाइटेड र काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर बीच हुने आयोजकले जानकारी दियो ।

धरान फुटबल क्लब, धरानको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल चैत ३ गतेका दिन हुनेछ ।

Post Comments