बिर्तामोड । सोमबार सम्पन्न छैठौं झापा गोल्डकपको सर्वोत्कृष्ट खेलाडी विजेता टोली चर्च ब्वाईज युनाइटेडका डिफेन्डर सञ्जित राई घोषित भएका छन् । उत्कृष्ट बनेका उनले एक थान यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरे ।
त्यस्तै अन्य विधागत पुरस्कारमा पनि चर्च ब्वाइजको बर्चस्व रह्यो । चर्च ब्वाइजका दीप कार्की उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर चर्च ब्वाइज कै सर्ज डिका, उत्कृष्ट फरवार्डसँगै उच्च गोलकर्ताको पुरस्कार आवायोमी फाकुन्लेले पाउँदा एपिएफका शरण बस्नेत उत्कृष्ट मिडफिल्डर चुनिए ।
त्यसैगरी उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका रुवेन राई भए । उदियमान खेलाडीको पुरस्कार भने झापा–११ का कप्तान पेमा तामाङले हात पारे । उनीहरुले जनही नगद २५ हजार पुरस्कार पाए ।
स्मरण रहोस, सोमबार बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा भएको फाइनल भिडन्तमा चर्च ब्वाईजले एपिएफ फुटबल क्लबलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधिमाथि पहिलोपटक कब्जा जमाउन सफल भएको थियो ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा