काठमाडौं । सनराइजले तेश्रो एलसीसीआई–भ्याली पब्लिक अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सुन्दरबस्तीस्थित आयोजक भ्याली पब्लिकको नवनिर्मित हलमा भएको फाइनलमा सनराइजले वेदव्यासलाई ३–२ गोलले पराजित गर्यो । सनराइजका सुशान्त राना मगर, प्रश्न सिर्पाली र सक्षम बस्नेतले समान १–१ गोल गरे । वेदव्यासका अनमोल न्यौपाने र लक्ष्मण कार्कीले समान १–१ गोल गरे ।
साम्तेनले रिपु मर्दिनीलाई २–१ गोलले हराउदै तेश्रो भयो । साम्तेनका अनुराज राई र लाक्पा शेर्पाले समान १–१ गोल गरे । रिपु मर्दिनीका सम्पूर्ण बरामले सान्त्वना गोल गरे ।
प्रतियोगितामा वेदव्यासका अनमोल न्यौपाने सर्वोत्कृष्ट खेलाडी घोषित भए । सनराइजका अंकित घर्ती मगर उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिता अवधिभर २१ गोल गरेका सनराइजका प्रश्न सिर्पाली सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।
विजेतालाई एलसीसीआई ग्लोबल क्वालिफिकेसनका बिजनेस डेभ्लोप्मेन्ट म्यानेजर प्रवीण रौनियर, भ्याली पब्लिकका संस्थापक प्रिन्सिपल कृष्ण अधिकारी, सह–संस्थापक सुनिता अधिकारी, प्रशासन प्रमुख महेश अधिकारी, सल्लाहकार स्वीस्कृति अधिकारी, भाइस प्रिन्सिपल सुशिल वाग्लेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
चारदिने प्रतियोगितामा आयोजकको २ सहित १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको भ्याली पब्लिकका इसीए इन्चार्ज पूर्ण न्यौपानेले जनाएका छन् ।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि