News हाम्रो धरान अन्तिम चारमा
गोलनेपाल

 

इटहरी । हाम्रो धरान भेट्रान क्लब, सुनसरी यहाँ जारी चौथो इटहरी भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो क्वाटरफाइनलतर्फ हाम्रो धरानले दुधे भेट्रान क्लब, झापालाई ३–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गर्न सफल भएको हो ।

जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको खेलमा हाम्रो धरानका लागि सचिन राई, राकेश राई र बिनोद चौधरीले गोल गरे । पराजित दुधे भेट्रानका लागि भने बिनोद खरेलले एक मात्र गोल फर्काए । खेलमा हाम्रो धरानका सचिन राई म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत फागुन ३० गते बुधबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल रियल फ्रेण्डस भेट्रान, सिक्किम, भारत र मिल्स भेट्रान क्लब, मोरङ बीच हुने आयोजकले जानकारी दियो ।

हाम्रो इटहरी भेट्रान क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १० हजार हात पार्नेछ भने उपविजेताले ६१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र ३ गतेका दिन हुनेछ ।

Post Comments