News आयोजक सलहेश र रारा फाइनलमा भिड्ने
गोलनेपाल

सिरहा । आयोजक सलहेश युवा क्लब, सिरहा र रारा फुटबल क्लब, धनकुटा यहाँ जारी शहिद हेमनारायण गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । दोस्रो सेमिफाइनलमा सलहेशले नव जनजागृति युवा क्लब, सिमरालाई ६–२ ले हराएपछि सलहेश र राराको फाइनल भेट पक्का भएको हो ।

सिरहा बहुमुखी क्याम्पसको खेलमैदानमा भएको खेलमा सलहेशका लागि फोडे फोफना र सोङ्गले दुई–दुई गोल गरे । त्यस्तै जय गुरुङ र आदित्य शाक्यले थप एक–एक गोल गरे । उता पराजित नव जनजागृतिका लागि कृपा चौधरी र शिरब तामाङले एक–एक गोल फर्काएका थिए ।

खेलमा सलहेशका आदित्य शाक्य म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन ३० गते बुधबार (आज) हुने फाइनलमा सलहेश युवा क्लब, सिरहा र रारा फुटबल क्लब, धनकुटा उपाधिका लागि भिड्ने छन् ।

सलहेश युवा क्लब, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ७१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ३५ हजार प्राप्त गर्नेछ ।

Post Comments