काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कारवाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्राचारसहित निर्देशन दिएको छ । मन्त्रालयका अनुसार फिफा विश्वकप छनौट र मलेसियासँगको मैत्रीपूर्ण अभ्यास खेलका लागि मलेसिया प्रस्थान गरेको राष्ट्रिय फुटबल टोलीमा स्वीकृति नलिएका अन्य १० व्यक्तिहरु पनि सामेल भएकाले मन्त्रालयले सो निर्देशन दिएको हो ।
मन्त्रालयले लेखेको पत्रमा ऐन कानुन अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि हुँदा राखेपसँग स्वीकृति लिनुपर्ने कानुनी प्रवाधान रहेकाले सो कानुनको पालना नगरेकाले एन्फालाई कारवाही गर्न निर्देशन दिइएको हो । यद्यपि राष्ट्रिय टोलीसँगै विदेश भ्रमणमा गएका १० जनाको नाम भने पत्रमा खुलाइएको छैन ।
साथै राखेपसँग स्वीकृति लिए पश्चात मात्र विभिन्न खेल संघका पदाधिकारीहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगिता, गोष्ठी, सम्मेलन, तालिम वा सेमिनारमा सहभागि हुन वैदेशिक प्रस्थान अनुमति प्रदान गर्न गृहमन्त्रालयसँग अनुरोध गरिएको पनि पत्रमा उल्लेख छ ।
स्मरण रहोस, फिफा विश्वकप र एएफसी एसियन कप छनौटसँगै मैत्रीपूर्ण अभ्यास खेलका लागि नेपाली टोली बुधबार मलेसियातर्फ प्रस्थान गरिसकेको छ । नेपालले यही मार्च १५ तारीखका दिन मलेसियासँग मैत्रीपूर्ण अभ्यास म्याच खेल्नेछ भने २१ र २७ तारीखका दिन बहराईनसँग विश्वकप छनौटका दुई खेलहरु खेल्ने कार्यक्रम छ ।
खेलकुद मन्त्रालयले लेखेको पत्र हेर्नुहोस्ः

- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)