News नेपाल र बहराइन बीचको खेल एनटिभी प्लसले प्रत्यक्ष प्रसारण गर्ने
गोलनेपाल

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को छनौट प्रतियोगिता अन्तर्गत आज मध्यरातमा हुने नेपाल र बहराईन बीचको खेल एनटिभी प्लसले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाल र बहराइन बीचको खेल एनटिभी प्लस र युटयुबमा प्रत्यक्ष हेर्न सकिनेछ । यसबारे एन्फाले आधिकारिक रुपमा जानकारी समेत गराएको छ ।

स्मरण रहोस, नेपाल र बहराइन बीचको खेल आज मध्यराती नेपाली समयअनुसार १२ः४५ बजेदेखि शुरु हुँदैछ । साथै बहराइन मै रहेका नेपाली दर्शकहरुले रिफा शहर स्थित खेल हुने बहराइन नेशनल स्टेडियमको गेट नम्बर ३ बाट निःशुल्क प्रवेश गर्न सक्नेछन् ।

Post Comments