News हेटौडाले दियो रेफ्रीहरुलाई ‘हेडसेट
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । पछिल्लो समय हेटौडाको खेलकुद बिकासमा उत्कृष्ट भुमिका खेलेको हेटौडा उपमहानगरपालिकाले मकवानपुरमा रहेका रेफ्रिहरुलाई हेडसेट प्रदान गरेको छ ।

हेटौडा उपमहानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नगर खेलकुद बिकास समितिका अध्यक्ष रबिन्द्र प्रसाद घिमिरेले मकवानपुर जिल्ला रेफ्रि संघका उपाध्यक्ष र सदस्य बिशाल घलानलाई करिब ७० हजार बराबरको हेडसेट हस्तान्तरण गरेका हुन ।

बिश्वमा प्रबिधिको बिकास भएसगै हामीले पनि हाम्रो तर्फबाट हाम्रो जिल्लाको रेफ्रिको स्तर उन्नतिको लागि र प्रबिधिसंग जोडिनको हामीले सानो सहयोग गर्न पाउदा खुशि भएको नगर खेलकुद बिकास समितिको अध्यक्ष रबिन्द्र प्रसाद घिमिरेले बताए ।

यसैगरी मकावनपुर जिल्ला रेफ्रि संघका उपाध्यक्ष सरस्वती लो ले नगरपालिकाले गरेको सहयोगले हामीलाई हौसला मिलेको बताए ।

Post Comments