News आर्मी इटहरी गोल्डकपको अन्तिम चारमा
गोलनेपाल

इटहरी । संघर्षपुर्ण जितका साथ विभागीय टोली त्रिुभवन आर्मी फुटबल क्लब, काठमाडौं जारी कन्ट्रोल लुब्रिकेन्टस १४औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलमा आर्मीले बिर्तामोड युनाइटेड क्लब, झापालाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

इटहरी रंगशालामा भएको निर्धारित समयको खेलतर्फ खेलको ८५औं मिनटमा आशिष चापागाईंले पेनाल्टीमार्फत गोल गरेका थिए । यद्यपि खेलको इन्जुरी समयमा नवयुग श्रेष्ठले पेनाल्टीबाटै आर्मीका लागि बराबरी गोल फर्काएका थिए ।

टाईब्रेकरमा भने आर्मीले बिर्तामोडमाथि ३–२ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्न सफल भयो । खेलमा आर्मीका गोलरक्षक बिकेश कुथु म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत १३ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल चर्च ब्वाईज युनाइटेड क्लब, काठमाडौं र न्युरोडटिम (एनआरटी), काठमाडौं बीच हुनेछ ।

राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने यही चैत १७ गतेका दनि हुनेछ ।

Post Comments