News फ्रेन्च लिगमा फेरि निराश साबित्राको टोली
गोलनेपाल

काठमाडौं । फ्रान्सको शिर्ष महिला फुटबल लिग खेलिरहेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीको टोली गुइनग्याम्पले शनिबार सिजनको १२औं पराजय बेहोरेको छ । घरेलु मैदानमा भएको खेलमा गुइनग्याम्पले सेन्ट इटिनीसँग ४–३ को हार बेहोरेको हो ।

साबित्रा भने वैकल्पिक खेलाडीमा रुपमा खेलको ७८औं मिनटमा मैदानमा प्रवेश गरेकी थिईन् । यद्यपि टोलीलाई हारबाट जोगाउने उनको प्रयास भने सफल भएन । यो नतिजापछि १९ खेलबाट १५ अंक जोडेको गुइनग्याम्प लिगतालिकाको १०औं स्थानमा यथावत छ । उता सेन्ट इटिनी भने २५ अंकका साथ सातौं स्थानमा छ ।

गुइनग्याम्पले आफ्नो आगामी खेल अप्रिल १३ तारीख शनिबारका दिन पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग खेल्नेछ ।

Post Comments