News हारका बावजुद टोलीको प्रदर्शनमा खुशी छन् फ्रेण्डसका प्रशिक्षक महर्जन (भिडियोसहित)
गोलनेपाल

शहिद स्मारक ए डिभिजन लिगमा दावेदार मध्ये एक मानिएको रुस्लान थ्रीस्टार क्लबसँग पराजित हुनुका बावजुद एनआईबीएल फ्रेण्डस क्लबका प्रशिक्षक रमेश महर्जनले टोलीको प्रदर्शनमा खुशी व्यक्त गरेका छन् ।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा थ्रीस्टारले फ्रेण्डसलाई २–१ ले हराएको थियो । खेलपश्चातको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक महर्जनले भने हाम्रो खेलाडीहरु पहिलोपटक ए डिभिजन लिग खेल्दै थिए । सबै युवा खेलाडीहरु छन् । वर्क परमिट समस्याका कारण हामीले बिदेशी खेलाडीहरुलाई मैदानमा उतार्न सकेनौं । म टोलीको प्रदर्शनबाट खुशी छु ।

Post Comments