News ए डिभिजन लिग : पहिलो हाफसम्म रन्जनको गोलबाट थ्रीस्टार अगाडी
गोलनेपाल

पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ बिहीबार जारी पहिलो खेलको पहिला हाफमा रुस्लान थ्रीस्टार क्लबले एनआईबीएल फ्रेण्डस क्लबविरुद्ध १–० को अग्रता हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफतर्फ १४ औं मिनटमा रन्जन बिष्टले गोल गर्दै थ्रीस्टारलाई शुरुवाती अग्रता दिलाएका छन् । दोस्रो हाफको खेल केहीबेरमा शुरु हुँदै ।

थ्रीस्टारले यो अग्रता जोगाउँदै जितका साथ लिगको शुरुवात गर्न सफल होला त ? वा फ्रेण्डस खेलमा फर्किएला ? कति होला अन्तिम नतिजा ??

Post Comments