News राधाकृष्णलाई हराउँदै भैरव सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । बिपी स्मृति भैरव फुटबल क्लब, नवलपरासी जारी सातौं भूपू सैनिक कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनलमा भैरवले राधाकृष्ण फुटबल क्लब, बुटवललाई २–० ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

बुटवल–१३, सालघारी स्थित जवई खेलमैदानमा भएको खेलमा भैरवका लागि सखिन गुरुङ्ग र भिम चौधरीले गोल गरे । साथै खेलमा भैरव कै गोलकर्ता सखिन गुरुङ्ग म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तर्गत चैत २७ गते मंगलबारको चौथो क्वाटरफाइनल दावेदार मध्ये एक फर्साटिकर युवा क्लब, फर्साटिकर र अर्को बलियो टोली गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल भिड्ने खेल संयोजक प्रताप रानाले जानकारी दिए ।

भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल–१३, सालघारी, बेलबासको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख १ गतेका दिन हुनेछ ।

Post Comments