News बिर्तामोड युनाइटेड आदर्श च्यालेन्ज कपको फाइनलमा
रमेश समदर्शी

झापा । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै बिर्तामोड युनाइटेड एफसी झापाको बुद्धशान्तिमा जारी आदर्श च्यालेञ्ज कपको फाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडले बेलवारी एफसीलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले हरायो । बिर्तामोडका लागि योगेश गुरुङ, दिवस उराउ, अभिषेक गुुरुङ, अशिष चापागाईँ र देवेन्द्र तामाङले गोल गर्न सफल भए । बेलबारीका लागि अशोक खवास, मनिष धिमाल, विवेक पौडेल र निशान लिम्बूले मात्र गोल गरे ।

बेलबारीका प्रशान्त अवस्थीको प्रहारलाई बिर्तामोडका गोलरक्षक सन्दिप लिम्बूले बिफल बनाइदिए । बिर्तामोडका गोलरक्षक सन्दिप लिम्बू प्लेयर अफ दी म्याच बने ।

खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । जसमा बिर्तामोड युनाइटेड भाग्यमानी सावित भएको हो ।

शनिबार हुने फाइनल खेलमा बिर्तामोड युनाइटेडले भारतको मानेभन्ज्याङ एफसीसँग प्रतिष्पर्धा गर्ने छ । वैशाख १५ गतेदेखि जारी प्रतियोगितामा भारतका दुुईसहित आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख, ट्रफी पाउने छ ।

Post Comments