झापा । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै बिर्तामोड युनाइटेड एफसी झापाको बुद्धशान्तिमा जारी आदर्श च्यालेञ्ज कपको फाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोडले बेलवारी एफसीलाई टाइब्रेकरमा ५-४ गोल अन्तरले हरायो । बिर्तामोडका लागि योगेश गुरुङ, दिवस उराउ, अभिषेक गुुरुङ, अशिष चापागाईँ र देवेन्द्र तामाङले गोल गर्न सफल भए । बेलबारीका लागि अशोक खवास, मनिष धिमाल, विवेक पौडेल र निशान लिम्बूले मात्र गोल गरे ।
बेलबारीका प्रशान्त अवस्थीको प्रहारलाई बिर्तामोडका गोलरक्षक सन्दिप लिम्बूले बिफल बनाइदिए । बिर्तामोडका गोलरक्षक सन्दिप लिम्बू प्लेयर अफ दी म्याच बने ।
खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । जसमा बिर्तामोड युनाइटेड भाग्यमानी सावित भएको हो ।
शनिबार हुने फाइनल खेलमा बिर्तामोड युनाइटेडले भारतको मानेभन्ज्याङ एफसीसँग प्रतिष्पर्धा गर्ने छ । वैशाख १५ गतेदेखि जारी प्रतियोगितामा भारतका दुुईसहित आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख, ट्रफी पाउने छ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा