News क्यानडामा सगरमाथाको ग्रासरुट अभियान निरन्तर
गोलनेपाल

काठमाडौं । क्यानडामा रहेका नेपाली समुदायहरु र बाल खेलाडीहरु बीच फुटबल प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापित सगरमाथा स्पोर्टस एण्ड सोसल क्लबले गा्रसरुट फुटबल कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ ।

खासगरी कालगरी, क्यानडामा रहेका ६ देखि १२ वर्ष उमेर समूहका लक्षित बालबालिकाहरुलाई फुटबलको आधारभुत र प्राविधिक ज्ञानको प्रशिक्षण दिने योजना रहेको क्लबले जनाएको छ ।

आउँदो मई महिनाको मध्यतिरबाट शुरु गरिने ग्रासरुट कार्यक्रममा नेपाली समुदायका बाल खेलाडीहरुसहित करिब ४० खेलाडीहरुले सहभागिता जनाउने कार्यक्रम संयोजक योद्धा थापाले जानकारी दिए । थापाका अनुसार प्रशिक्षण कार्यक्रम हरेक साताको दुई दिने हुने बताए । बाल खेलाडीहरुलाई क्यानडा मै रहेका अनुभवी प्रशिक्षकद्वय रोशन खड्का र कृष्ण बस्यालले प्रशिक्षण दिनेछन् ।

कालगरी, क्यानडामा रहेका फुटबलमा रुची राख्ने साना बाल खेलाडीहरुलाई ग्रासरुट उमेर समूहबाटै फुटबलको प्रशिक्षण गराउँदा त्यसले उनीहरुको शारीरिक र मानसिक स्वास्थ्यमा पनि सकरात्मक प्रभाव पार्ने विश्वास क्लबले लिएको छ । साथै क्लबले यो कार्यक्रमलाई आउने दिनहरुमा पनि निरन्तरता दिने योजनामा रहेको जानकारी दिएको छ ।

 

 

Post Comments