News आयोजक मेमोरी अन्तिम चारमा
गोलनेपाल

सोनापुर । आयोजक मेमोरी युवा क्लब, सुनसरी यहाँ जारी तेस्रो सोनापुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने चौथो तथा अन्तिम टोली बनेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलतर्फ मेमोरीले हिम कस्तुरी फुटबल क्लब, लहानलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

दुहबी–८, सोनापुर स्थित बिष्णु माविको खेलमैदानमा भएको खेलमा मेमोरीका लागि बिजय भुजेल र असिम राईले गोल गरे । उता पराजित कस्तुरीका लागि सुनिल खड्काले एक मात्र गोल फर्काएका थिए ।

खेलमा मेमोरीका असिम राई म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत चैत २८ गते बुधबारको पहिलो सेमिफाइनल खेल दमक फुटबल एकेडेमी, झापा र इटहरी फुटबल क्लब, सुनसरी बीच हुने आयोजकले जानकारी दियो ।

मेमोरी युवा क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,११,००० हात पार्नेछ भने उपविजेताले १,०,५५०० प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल बैशाख १ गतेका दिन हुनेछ ।

Post Comments