News दोस्रो याङनाम गोल्डकप शुरु, कुम्मायकको विजयी शुरुवात
गोलनेपाल

फिदिम । यहाँ शुरु दोस्रो याङनाम गोल्डकप नकआउट फुटबल प्रतियोगितामा कुम्मायक गाउँपालिकाले विजयी शुरुवात गरेको छ । मंगलबार भएको उद्घाटन खेलमा कुम्मायकले आयोजक याङनाम फुटबल क्लब (सेतो) लाई शून्यका विरुद्ध ३ गोलले हराउँदै विजयी शुरुवात गरेको हो ।

फिदिम स्थित इमान सिंह रंगशालामा भएको खेलमा कुम्मायकका लागि दिल सम्बाहाम्फेले दुई गोल गरे भने थप एक गोल सुशिल लावतीले गरे । खेलमा दुई गोल गरेका कुम्मायकका दिल सम्बाहाम्फे म्यान अफ द म्याच समेत चुनिए । यो जितसँगै कुम्मायक सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

याङनाम फुटबल क्लब, फिदिम(१०, पाँचथरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधी सहित नगद २ लाख २ हजार हात पार्नेछ भने उपविजेताले लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख २ गतेका दिन हुनेछ ।

Post Comments