News प्रथम गुरु टोली फुटसल हुने (खेलतालिकासहित)
गोलनेपाल

दमक । गुरु टोली, दमक, झापाको आयोजनामा यही आउँदो नयाँ वर्ष बैशाख १ गतेका दिन प्रथम गुरु टोली फुटसल प्रतियोगिताको हुने भएको छ । स्पा एनी फुटसलमा हुने एक दिने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।

कुल आठ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १६,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक आकाश लावतीले जानकारी दिए ।

त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक लावतीले बताए । त्यसबाहेक प्रतियोगिता समापन पश्चात अन्य सामाजिक कार्यहरु निरन्तर रहने गुरु टोली फाउण्डेशनका अध्यक्ष विशाल देवानले बताए ।

Post Comments