News
अन्तरप्रदेश खेलकुद: कोशी फाइनलमा

चितवन । अन्तरप्रदेश खेलकुदअन्तर्गत महिला फुटबलमा कोशी प्रदेश फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा मधेस प्रदेशलाई २–० गोल अन्तरले हराउँदै कोशी उपाधि नजिक पुगेको हो ।
भरतपुरको शारफानगर फुटबल मैदानमा भएको खेलमा कोशीलाई जित दिलाउन प्रतीक्षा राइले दुई गोल गरिन । खेलको १७औं मिनेटमा प्रतीक्षाले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको कोशीले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो ।
प्रतीक्षाले खेलको ६२औं मिनेटमा गोल गर्दै कोशीलाई २–० गोलको जितसँगै सेमिफाइनलमा पुगाउन सफल भइन । खेलको प्लेअर अफ दि म्याद दुई गोल गरेकी प्रतीक्षा चुनिन ।
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)