News नवौं ओसन कपः पहिलो दिन नौ खेलहरु सम्पन्न
गोलनेपाल

गोरखा । द ओसन क्लब, गोरखाको आयोजनामा शुरु भएको नवौं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो दिन कुल नौ खेलहरु सम्पन्न भएका छन् ।

आयोजक क्लबको टर्फ मैदानमा भएको पहिलो खेलमा नव जन जागृति युवा क्लबले बिराटनगर सिटी फुटबल क्लबलाई ४–१ ले हरायो । दोस्रो खेलमा कासी स्पोर्टस एकेडेमीले थ्रीस्टार क्लबलाई ३–१ ले पराजित गर्यो ।

तेस्रो खेलमा घोडाघोडी फुटबल एकेडेमी र लक्ष्मी कम्युनिटी एजुकेशन एकेडेमीले २–२ गोलको बराबरी खेले । चौथो खेलमा वाल्मिकी शिक्षा सदनले सोसल वेलफेयर स्पोर्टस सेन्टर क्लबलाई ३–२ ले हरायो ।

पाँचौं खेलमा हिल्ली फिल्डर गोर्खा एफसीले वालिङ युनाइटेड फुटबल क्लबलाई ३–० ले निराश तुल्यायो भने छैठौं खेलमा थ्रीस्टारले हिल्ली फिल्डर्समाथि ४–० को जित दर्ता गर्यो ।

लिगका आधारमा जारी प्रतियोगिताको सातौं खेलमा कासी स्पोर्टस एकेडेमीले नव जन जागृति युवा क्लबलाई ५–३ ले हराउँदा आठौं खेलमा बिराटनगर सिटी फुटबल क्लबले वालिङ युनाइटेड फुटबल क्लबलाई ३–ण् ले पराजित गर्यो ।

अन्तिम तथा नवौं खेलमा काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले ओल्ड क्यापिटल सेकेण्डरी स्कुललाई ३–० ले पराजित गर्यो ।

आउँदो बैशाख १ गतेसम्म चल्ने प्रतियोगितामा देशभरिबाट उत्कृष्ट १२ टोलीहरुले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिए ।

Post Comments