News स्व.प्रदिप राना मगर स्मृती कप शुरु
सुरज राना मगर

बुटवल । ल्याड बेसक्याम्प बुटवलको आयोजनामा स्व. प्रदिप राना मगर स्मृती कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।

बुटवल-१० रामनगर स्थित स्थानीय खेलमैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एचवाइसीले मायादेवी एफसीलाई ३-१ ले हरायो ।

एचवाइसीका लागि किरन शाहीले दुई गोल गरे भने थप एक गोल सोनु खत्रीले गरे । उता पराजित मायादेवीका लागि अजित श्रेष्ठले एक मात्र गोल फर्काए । खेलमा एचवाइसीका किरन शाही म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताको विजेताले उपाधी सहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँ प्राप्त गर्ने खेल संयोजल रोहन राना मगराले जानकारी दिए । फाइनल खेल आउँदो बैशाख १० गतेका दिन हुनेछ ।

Post Comments