नवमीडाँडा । युथ फ्रेण्डली सेन्टर (वाइ.एफ.सी.), मोरङ यहाँ जारी अन्तर जिल्ला आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वाटरफाइनलमा युथ फ्रेण्डलीले आठराई गाउँपालिका, तेह्रथुमलाई ३–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
युथ फ्रेण्डलीको जितमा प्रबिन राई, युकेश तामाङ र इकोमले गोल गरे । उता पराजित आठराईका लागि दुवै गोल सागर तामाङले गरे । खेलमा युथ फ्रेण्डलीका युकेश तामाङ म्यान अफ द म्याच समेत घोषित भए ।
प्रतियोगिता अन्तर्गत चैत ३० गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल के.एफसी, झापा र पाथीभरा युवा क्लब, सुनसरी बीच हुने आयोजकले जानकारी दियो ।
तिजोक युवा क्लब, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल आउँदो बैशाख ४ गतेका दिन हुनेछ ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश