News नवकिरण स्र्पोटिङ फाइनलमा
गोलनेपाल

नवमीडाँडा । नवकिरण स्र्पोटिङ क्लब, झापा यहाँ जारी अन्तर जिल्ला आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो सेमिफाइनलमा नवकिरणले युथ फ्रेण्डस सर्कल, मोरङलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । नवकिरणका लागि संजय धिमाल र प्रदिप बुढाथोकीले गोल गरे ।

खेलमा नवकिरण कै रजिन माझी म्यान अफ द म्याच घोषित भए । नवकिरणले बैशाख ४ गते हुने फाइनलमा केएफसी, झापासँग उपाधिका लागि भिड्नेछ ।

तिजोक युवा क्लब, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments