News नेपालमा पनि फर्कियो फुटबल, गाईजात्रा कप शुरु
गोलनेपाल

काठमाडौं । लामो समयदेखि ठप्प रहेको नेपाली फुटबलले पनि लय समाउने सुरसार देखाएको छ । सरकारले भदौको सुरुवातबाटै खेलकुद सम्बन्धी आवश्यक अभ्यास शुरु गर्न अनुमति पनि दिइसकेको छ ।

तर ललितपुरमा भने फुटबल नै आधिकारिक रुपमा शुरु भएको छ । सोमबारदेखि शुरु १७औं गाईजात्रा कप फुटबल प्रतियोगिताको पहिलो दिन आठ खेलहरु सम्पन्न भएका छन् ।

नमुना स्पोर्टस क्लबको आयोजनामा शुरु प्रतियोगिता अन्तरगत नयाँ बाटो युथ क्लब ए ले नव सोच युथ क्लबलाई २–१ ले हरायो । त्यस्तै रचनटार युथ क्लबले शान्तिवन युथ क्लबलाई समान २–१ ले हरायो भने खलीबारी एफसीले लखुर फुटसलमाथि ३–० को जित निकाल्यो ।

त्यसैगरी अर्को खेलमा बुद्धशान्ति युथ क्लबले अभियान युथ क्लबलाई पेनाल्टी शुटआउटमा ४–३ ले हरायो । आरयुबीसीले नखु युथ क्लबलाई २–० ले हराउँदा टाटपोलले नयाँबाटो युथ क्लबलाई ३–० ले निराश तुल्यायो ।

त्यस्तै बीएनएसएसले लेडफर नेपाल क्लबलाई २–१ ले पराजित गर्दा अर्को खेलमा आयोजक नमुना स्पोर्टस क्लबले ललितपुर फुटबल एकेडेमीलाई समान २–१ ले पराजित गर्यो ।

प्रतियोगितामा सहभागि खेलाडीहरुलाई आवश्यक चेकजाँच गरेर मात्र मैदानमा उतारिएको थियो । कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै आयोजकले उच्च सतर्कता अपनाएको समेत जानकारी दियो ।

 

 

Post Comments