News सुनसरी जिल्ला ए डिभिजन लिगः सेमिफाइनल पुग्ने चार टोली तय
गोलनेपाल

धरान । सुनसरी जिल्ला ए डिभिजन लिग अन्तर्गत सेमिफाइनलमा पुग्ने चार टोलीहरुको टुंगो लागेको छ । समूह चरणको अन्तिम खेलहरुको समापनसँगै दुई टोलीबाट अन्तिम चारमा पुग्ने चार टोलीहरुको टुंगो लागेको हो ।

जसअनुसार समूह ए बाट कुल चार खेल खेल्दै समान ८–८ अंक जोडेका धरान फुटबल क्लब र गोधुली फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । त्यस्तै समूह बी बाट १० अंक जोडेको राष्ट्रिय जागृति क्लब र ७ अंक जोडेको ब्वाईज फुटबल क्लब अन्तिम चारमा प्रवेश गरेका छन् ।

लिग चरणको खेल समापनसँगै सेमिफाइनल समिकरण पनि पूरा भएको छ । जस अनुसार जेठ ७ गते हुने पहिलो सेमिफाइनलमा धरान फुटबल क्लब, धरान र ब्वाईज फुटबल क्लब, इटहरी भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा राष्ट्रिय जागृति क्लब, इटहरी र गोधुली फुटबल क्लब, धरान भिड्ने छन् ।

दुवै सेमिफाइनल खेलहरु धरान रंगशालामा हुनेछन् । प्रतियोगिताको फाइनल खेल भने यही जेठ ९ गतेका दिन हुनेछ ।

Post Comments