जर्मनीको चर्चित युथ फुटबल प्रतियोगिता भिआर बैंक कपमा नेपालको काठमाडौं किकर्सले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।
सोमबारसम्म १२ खेल खेलिसकेको किकर्सको यू–१४ टोलीले आठ खेलमा जित तथा चार खेलमा बराबरीको नतिजासँगै २८ अंक बनाएको छ । प्रतियोगितामा टोलीको एक खेल बाँकी रहँदा उपाधिको सम्भावना बलियो बनेको छ ।
सोमबार भएको तीन खेलमध्ये किकर्सको यू–१४ टोलीले दुईमा जित र एकमा बराबीको नतिजा निकालेको छ ।
सोमबारको पहिलो खेलमा किकर्सले आयोजक मोम्मेन्डोर्फको दोस्रो टोलीसँग १–१ गोलको बराबरीको नतिजा निकाल्यो । नेपाली टोलीका लागि आशुतोष महोत्राले गोल गरेका थिए । दिनको दोस्रो खेलमा किकर्सले एसभी अउबीङलाई १–० गोलले पराजित ग¥यो । टोलीको यो महत्वपूर्ण जितमा आर्यबीर सिंहले निर्णायक गोल गरेका थिए ।
टोलीले तेस्रो खेलमा भने एसभी जमरिङलाई ३–० गोल अन्तरले पराजित ग¥यो । टोलीको यो प्रभावशाली जितमा नोर्गेल शेर्पा, आशुतोष महोत्रा र गुगल बसौलाले १–१ गोल गरे । प्रतियोगितामा बाँकी रहेको अन्तिम खेलबाट टोलीको उपाधिको टुङ्गो लाग्ने छ ।
किकर्सको यू–१४ टोली रहेको यस समूहमा जर्मनीको विभिन्न एकेडेमीका अन्य ९ टोली सहभागी छन् । नेपाली टोलीले राउण्ड रोविन र फाइनल चरणको आफ्ना कुनै पनि खेलमा पराजय व्यहोरेको छैन । किकर्सको यू–११ टोलीको भने उपाधि सम्भावना सकिएको छ ।
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने