News कैलालीमा एएफसी सी डिप्लोमा कोचिङ कोर्ष सम्पन्न
गोलनेपाल

धनगढी । कैलाली जिल्ला फुटबल संघको आयोजनामा भएको सात दिने एएफसी सी डिप्लोमा कोचिङ कोर्ष सम्पन्न भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा सम्पन्न भएको कोषमा कुल २४ जनाले सहभागिता जनाएका थिए ।

सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्को समेत विशेष सहयोग रहेको कोर्षमा सहभागिताहरुलाई फुटबल प्रशिक्षणबारे महत्वपूर्ण जानकारीहरुका साथै अभ्यास र दैनिक प्रयोगात्मक प्रशिक्षण समेत गराइएको थियो ।

सो अवसरमा एन्फाका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्ल, सुदुरपश्चिम खेलकुद विकास परिषद्का सदस्य–सचिव दिपक बहादुर सिंह, सुदुरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठ, एन्फाका प्राविधिक निर्देशक हरि खड्का लगायतको उपस्थिति रहेको थियो ।

 

Post Comments