News माउन्ट ग्लोरीलाई काठमाडौं भ्याली फुटसल कपको उपाधि
गोलनेपाल

काठमाडौं । यहाँ सम्पन्न काठमाडौं भयाली एसईई कप फुटसल प्रतियोगिताको उपाधि माउन्ट ग्लोरीले जितेको छ । स्यूचाटारस्थित आयोजक काठमाडौं भ्याली स्कुलको कोर्टमा भएको फाइनलमा माउन्ट ग्लोरीले हर्टल्यान्डलाई १०–३ गोलले हरायो ।

विजयी टिमका अमृत बस्यालले दोहोरो ह्याट्रिकसहित ८ गोल गरे । अमृत नै प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने ।

विजेतालाई केभिसिका अध्यक्ष डा. स्वागत श्रेष्ठ र प्रिन्सिपल संगिता श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ९ ब्वाइज टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेको केभिसिका फुटबल प्रशिक्षक सागर रिजालले जानकारी दिए ।

Post Comments