
काठमाडौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले लेबनानमा खेल्ने भनिएको चार देशीय सेडार्स वुमन्स इन्टरनेशनल टुर्नामेन्टमा सहभागिता नजनाउने भएको छ ।
यसअघि केही संचारमाध्यमहरुले पनि नेपालले लेबनानमा नखेल्ने खबर प्रकाशित गरेका थिए । यद्यपि त्यसबारे अखिल नेपाल फुटबल संघ (एन्फा) ले आधिकारिक रुपमा जानकारी गराएको थिएन । तर शनिबार भने यसबारे एन्फाले पनि पुष्टि गरेको छ ।
एन्फाले सुरक्षाको कारण जनाउँदै आउँदो जुलाई ८ देखि १६ तारीखसम्म लेबनानको त्रीपोलीमा हुने फोर नेशन्स कपमा सहभागी नहुने जानकारी गराएको हो । प्रतियोगितामा नेपाल बाहेक आयोजक लेबनान, बंगलादेश र जोर्डनले सहभागिता जनाउने तय भएको थियो साथै प्रतियोगिताको खेलतालीका पनि सार्वजनिक गरिएको थियो ।
त्यस्तै एन्फाले नेपाली महिला फुटबल टोलीका लागि छिटै अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि पहल गर्ने समेत बताएको छ ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)