
काठमाडौं (एजेन्सी) । दश खेलाडीमा खुम्चिएर पनि झिनो अन्तर र रोमाञ्चक जितका साथ कोलम्बिया जारी ४८औं कोपा अमेरिकाको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
बिहीबार बिहान सम्पन्न खेलमा कोलम्यियाले पन्ध्र पल्टको विजेता उरुग्वेलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।
खेलको ३९औं मिनटमा जेफर्सन लेर्माले गरेको एक मात्र गोल कोलम्बियालाई फाइनल पुर्याउन निर्णायक गोल बन्यो ।
त्यस्तै खेलको पहिलो हाफतर्फ अतिरिक्त समयमा कोलम्बियाका डेनियल मुनोजले रातो कार्ड खाँदै मैदान छाड्दा टोली दश खेलाडीमा खुम्चिएका थिए । तर, उरुग्वेले त्यसको फाइदा उठाउन सकेन ।
कोलम्बियाले अब १४ जुलाईका दिन मियामीमा हुने फाइनलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको सामना गर्नेछ । त्यस्तै पराजित उरुग्वेले १३ जुलाईका दिन क्यानडासँग तेस्रो स्थानका लागि खेल्नेछ ।
- रियल फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा
- फिफा क्लब विश्वकपःअल–हिलालद्वारा साविक विजेता सिटी नकआउट, मिलान पनि बाहिरियो
- कनकाफ गोल्डकपः आयोजक अमेरिका सेमिफाइनलमा, क्यानडा स्तब्ध
- फिफा क्लब विश्वकपः पिएसजी र बायर्न क्वाटरफाइनलमा
- एएफसी महिला एसियन कप छनौटः नेपाल कै समूहमा रहेको उज्वेकिस्तानको पनि फराकिलो जित