News
आर्मीले प्रतिष्ठित डुरान्ड कप खेल्ने

काठमाडौं । नेपालको विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा हुने एसिया कै पुरानो र र प्रतिष्ठित १३३औं डुरान्ड कप फुटबल प्रतियोगिता खेल्ने भएको छ ।
प्रतियोगितामा आमन्त्रित टोलीका रुप्मा आर्मीको यो लगातार दोस्रो सहभागिता समेत हो । आर्मीबाहेक प्रतियोगितामा बंगलादेशको विभागीय टोलीले पनि सहभागिता जनाउँदैछ ।
यही जुलाई २७ देखि ३१ अगस्तसम्म हुने प्रतियोगिता अन्तर्गत आर्मी समूह एफमा परेको छ । जहाँ आर्मीले दुई इण्डियन सुपर लिग क्लब गोवा र हैदराबाद सिटीसँगै शिलोङ लाजाङसँग खेल्नेछ । समूह एफका सबै खेलहरु शिलोङमा हुनेछन् ।
Post Comments