News
प्रशिक्षक सुमन श्रेष्ठले भुटानी क्लबको जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली राष्ट्रिय र घरेलु फुटबलमा परिचित बनाईसकेका अनुभवी र युवा फुटबल प्रशिक्षक सुमन श्रेष्ठले भुटानको शिर्ष लिगमा प्रशिक्षकको जिम्मेवारी निभाउने भएका छन् ।
श्रेष्ठलाई हाल भुटान प्रिमियर लिग खेलिरहेको फुङ्सोलिङ हिरोज फुटबल क्लबले आफ्नो नयाँ प्रशिक्षकका रुपमा नियुक्त गरेको हो । हाली जारी भुटान प्रिमियर लिगमा फुङ्सोलिङ ८ खेलबाट १० अंकका साथ लिगतालिकाको आठौं स्थानमा छ ।
प्रशिक्षक श्रेष्ठले यो जिम्मेवारीपछि आफूलाई थप खुशी र उत्साह मिलेको बताए । साथै नयाँ ठाउँमा नयाँ जिम्मेवारी भए तापनि आफू सबै चुनौतिको सामना गर्न तयार रहेको पनि उनले प्रतिक्रिया दिए ।
स्मरण रहोस, श्रेष्ठले यसअघि नेपाल कै चर्चित मनाङ मस्र्याङ्दी क्लब जस्ता टोलीको प्रशिक्षकीय जिम्मेवारी सफलताका साथ पूरा गरिसकेका छन् ।
Post Comments