काठमाडौं । आइतबारदेखि शुरु भएको ललित स्मृति एन्फा युथ लिग यु–१८ फुटबल प्रतियोगितामा न्युरोडटिम (एनआरटी) र खुमलटार फुटबल क्लबले विजयी शुरुवात गरेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा एनआरटीले चर्च ब्वाईज युनाइटेडमाथि २–१ को जित निकाल्यो । एनआरटीका लागि दुवै गोल विज्ञान खड्काले गरे भने चर्च ब्वाईजका लागि अमन तामाङले गोल गरेका थिए ।
आइतबार नै भएको दोस्रो खेलमा खुमलटारले सातदोबाटो युथ क्लबमाथि शून्यका विरुद्ध २ गोलको जित दर्ता गर्यो । खुमलटारका लागि एलिक श्रेष्ठ र जंगे रायमाझीले गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरुले संयुक्त रुपमा गरेका थिए ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)