News
युथ लिगको मेडिकल पार्टनरमा स्टार हस्पिटल
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र स्टार हस्पिटल बीच आइतबारदेखि शुरु भएको एन्फा युथ लिगका लागि मेडिकल सहकार्यलाई लिएर सम्झौता भएको छ । यो सम्झौतासँगै स्टार हस्पिटल युथ लिगको आधिकारिक मेडिकल पार्टनर समेत बनेको छ ।
सम्झौता अनुसार स्टार हस्पिटलले युथ लिग अवधिभर मैदानमा दक्ष चिकित्सकसँगै अत्याधुनिक एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ । साथै प्राथमिक उपचारसँगै आवश्यक भवितव्य उपचार मैदान मै दक्ष जनशक्तिबाट उपलब्ध गराउने सम्झौता भएको छ ।
आइतबार एन्फा कम्प्लेक्समा भएको उक्त सम्झौता कार्यक्रममा एन्फाका तर्फबाट अध्यक्ष पंकज विक्रम नेम्वाङ तथा स्टार हस्पिटलको तर्फका अध्यक्ष किशोर कुमार महर्जनले सम्झौतापत्रमा हस्ताक्षर र आदानप्रदान गरे ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)