News डाना कप खेलाउन रेफ्रीद्वय बिष्णु पौडेल र लक्ष्मी श्रेष्ठ डेनमार्क प्रस्थान
गोलनेपाल

काठमाडौं । प्रतिष्ठित डाना कप युथ फुटबल च्याम्पियनसिपमा रेफ्रीको भूमिका निभाउन नेपालबाट महिला रेफ्री लक्ष्मी श्रेष्ठ र पुरुषतर्फ बिष्णु प्रसाद पौडेल डेनमार्कतर्फ प्रस्थान गरेका छन् ।

लक्ष्मीले गत संस्करणको डाना कपमा पनि निर्णायकको भूमिका निर्वाह गरेकी थिईन् । त्यस्तै मोफसलको अनुभवी रेफ्रीका रुपमा रहेका बिष्णु पौडेलको भने यो पहिलो सहभागिता हो ।

कुराकानीका क्रममा दुवै रेफ्रीले युरोपियन देशमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफूहरुले खुशी लागेको बताए । र, प्रतियोगितामो देश कै नाम राख्न आफूहरुले सक्दो प्रयास गर्ने पनि बताए ।

यही जुलाई २२ देखि २७ तारीखसम्म हुने डेनमार्क कै प्रतिष्ठित खेलकुद महौत्सवमा विश्वका ४५ देशका एक हजार भन्दा बढी युथ फुटबल टिमहरुले सहभागिता जनाउने छन् । जहाँ विभिन्न देशहरुबाट रेफ्रीहरुको पनि उल्लेख्य सहभागिता रहनेछ ।

सन् १९८२ देखि निरन्तर आयोजना हुँदै आएको डाना कप विश्व कै शिर्ष र उत्कृष्ट युथ फुटबल प्रतियोगिता मध्ये एकका रुपमा समेत रहेको छ ।

Post Comments