News मच्छिन्द्रको जित, चर्च ब्वाईजसँग आर्मी निराश
गोलनेपाल

काठमाडौं । एन्फा युथ लिग फुटबल प्रतियोगिता अन्तर्गत मच्छिन्द्र फुटबल क्लबले सिजनको दोस्रो जित दर्ता गर्दा त्रिभुवन आर्मी फुटबल क्लबले तेस्रो हार बेहोरेको छ ।

बिहीबार एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले एफसी खुमलटारमाथि २–१ को रोमाञ्चक जित निकाल्यो । मच्छिन्द्रका लागि कबिर तामाङ र रोनिक राना मगरले गोल गरे । पराजित खुमलटारका लागि भने पवन दर्लामीले गोल फर्काएका थिए ।

यो जितपछि मच्छिन्द्रको ४ खेलबाट ८ अंक भएको छ र लिगतालिको शिर्षता कै होडमा रहेको छ । उता पराजित खुमलटारको भने समान ४ खेलबाट ३ अंक मात्र छ ।

त्यस्तै बिहीबार नै भएको अर्को खेलमा आर्मीले चर्च ब्वाईज युनाइटेडसँग शून्यका विरुद्ध २ गोलको हार बेहोरेको छ । चर्च ब्वाईजका लागि दावा छिरिङ लामा र शिशिर यसमालीले गोल गरे ।

चर्च ब्वाईजको चार खेलबाट ८ अंक भएको छ र शिर्ष तीन कै होडमा सामेल छ । उता पराजित आर्मीको खातामा भने ४ खेलबाट एक अंक मात्र छ र पुछारतिर संघर्षरत छ ।

Post Comments