काठमाडौं । एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणको छनौट खेल खेल्ने तयारीमा रहेको पारो फुटबल क्लबले भर्खरै आवद्ध गरेको जापानी सुपरस्टार केइसुके होण्डालाई मैदानमा उतार्ने भएको छ ।
होण्डाले यही अगस्त ५ तारीखका दिन भुटानको यु–२० फुटबल टोलीसँग हुने प्रदर्शनी खेलमा पारोका लागि खेल्ने भएको हो । जुन खेल थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा हुनेछ ।
स्मरण रहोस, पारोले एएफसी च्यालेञ्ज लिग कै लागि भनेर गत साता मात्रै होण्डालाई क्लबमा आवद्ध गरेको कुरा आधिकारिक रुपमा जानकारी गराएको थियो । भुटानको युथ टोली विरुद्ध खेल्ने भएसँगै होन्डाले चर्च ब्वाईज विरुद्ध खेल्ने स्म्भावना पनि बलियो बनेको छ ।
पारोले यही अगस्त १३ तारीखका दिन एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणको छनोट खेलतर्फ नेपालको लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेडसँग खेल्ने कार्यक्रम छ । जुन खेल काठमाडौं स्थित दशरथ रंगशालामा हुनेछ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल