रिनुवाल । ओखलढुङ्गा जिल्लामा पहिलो पटक यही साउन ३२ देखि भदौ १ गतेसम्म थ्री भर्सेज थ्री ओखलढुङ्गा फुटसल प्रतियोगिता हुने भएको छ । पाना नेपाल र रिनुवाल फुटवल क्लबको संयुक्त आयोजनामा हुन गईरहेको प्रतियोगिता ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा रहेको ब्ओकुला खेलमैदानमा हुनेछ ।
यही प्रतियोगिताबाट लात्भियामा आउँदो नोभेम्बर महिनामा हुन गईरहेको थ्री भर्सेज थ्री स्ट्रिट फुटबल विश्वकपको लागि पाना नेपालले आउँदो सेप्टेम्बर ४ देखि ७ तारीखसम्म मध्यपुर फुटसलमा केन्द्रिय छनौटमा सहभागी गराउनको लागि पनि खेलाडीहरुलाई छनोट गरिने छ ।
प्रतियोगितामा सहभागी हुन एक टिममा ३ जना खेलाडी र वैकल्पिकमा १ जना गरी ४ जना हुनु पर्ने छ । तर, वैकल्पिक खेलाडी बिना पनि सहभागी हुन पाइने र प्रतियगितामा सबै ठाउँबाट सबै उमेर समुहको खेलडीहरु सहभागी हुन पाउने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगितामा प्रथम हुने टिम लाई प्रतियोगिताबाट संकलन भएको जम्मा दर्ता शुल्कको ३५% नगत र आउँदो सेप्टेम्बर ४ देखि ७ तारीखसम्म हुने छनोटमा सहभागी गराइने छ भने द्वितीय हुने टिमलाई प्रतियोगितामा संकलन भएको जम्मा दर्ता शुल्कको १५% नगत प्रदान गरिने छ ।
प्रतियगितामा सहभागी हुन दर्ता शुल्क रु.३,००० तोकिएको भने साउनको ३१ गते बेलुका ४ बजे सम्ममा दर्ता गरी सक्नु पर्ने छ । दर्ता गर्नको लागि र थप जानकारीको लागि पाना नेपालको इन्स्टाग्राम वा 9851358109 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी दियो ।