News अष्ट्रेलियाः सेन्ट जर्जलाई नवाज कपको उपाधि
गोलनेपाल

सिड्नी । अप्रिल २१ तारिकदेखि सिड्नीमा सन्न्चालित नवाज कप फुटबल प्रतियोगिताको उपाधि सेन्ट जर्ज नेप्लीज क्लबले जितेको छ । नेप्लीज अस्ट्रेलियन वेलफेयर सोसाइटीको आयोजनामा सन्चालित केओआइ नवाज कप फुटबलको फाइनलमा सेन्ट जर्जले सगरमाथा फुटबल क्लबलाई ५-३ गोलको अन्तरले पराजित गर्दै उपाधिसँंगै नगद तथा ट्रफी हात पारेको हो । फाइनल भिडन्तमा सेन्ट जर्जका रुपक लामाले हयाट्रीक पुरा गरेका थिए भने सरोज दाहाल र शुसान्त कुवरले थप एक-एक गोल गरेका थिए ।

नेपालका चर्चित स्ट्राइकर जुमानु राइ प्रशिक्षक रहेको सगरमाथाले प्रारम्भमा भने निकै राम्रो खेल खेलेपनि खेलको अन्ततिर लय गुमाउदा हार बहोर्नु परेको थियो ।

यस्तै प्रतियोगिताको तेस्रो स्थान भने फेवा फुटबल क्लबले हात पारेको छ । फेवाले तेस्रो स्थानको भिडन्तमा टीआरजीलाई ३-२ गोलले पराजित गरेको थियो । सिड्नीमा हुने फुटबल प्रतियोगिताहरुमा फरक र अलग पहिचान बोकेको नवाज कप फुटबललाई यस पटक केओआइ कलेजले प्रयोजन गरेको थियो भने एकसपर्ट एजुकेशनलगायतका संस्थाले सहयोग गरेका थिए ।

यस्तै प्रतियोगिताको भेट्रान स्पर्धामा भने माछापुच्छले सेन्ट जर्जलाई ४-१ ले हराउदै उपाधि हात पारेको थियो । भेट्रानतर्फ माछापुच्छ्रेका छिरिङ डिमडुङले फाइनलमा हयाट्रिक पुरा गरेका थिए ।

प्रतियोगिताको अन्य उपाधिहरुमा सर्वाधिक गोलकर्तामा सेन्ट जर्जका शुसान्त कुवर, प्लेयर अफ टुर्नामेन्टमा सगरमाथाका सुजन राइ, उत्कृष्ट गोलरक्षकमा मिलन गीरी,फेयर प्ले टिममा होमबुस राइनोले हात पारेका छन ।

विजेता टिमका खेलाडीहरुलाई न्यु साउथवेल्सका बाणिज्यदुत सन्जिव शर्मा,एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, संस्थाका अध्यक्ष चिरन तिवारी, एनआरएन आइसीसी सदस्य डिल्ली ढकाल, प्रतियोगिता आयोजक समितीका संयोजक बैकुन्ठ डंगोल , सामाजिक अभियन्न्ता बिष्णु हमाल, एन्फाका अध्यक्ष बिजेन बटाजु लगायतले ट्रफी, पदक तथा प्रमाणपत्र बितरण गरेका थिए ।

Post Comments