News
प्रथम त्रिवेणी र लोकल युथ ब्वाईज कप हुँदै (खेलतालिकासहित)
काठमाडौं । त्रिवेणी युवा क्लब र लोकल युथ ब्वाईज क्लबको आयोजनामा यही साउन २६ गतेदेखि प्रथम त्रिवेणी र लोकल युथ ब्वाईज कप यु–१८ फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ । उद्घाटन खेलमा साउन २६ गतेका दिन २ बजे हुने पहिलो खेलमा आयोजकको टोली र आमचोक युवा क्लब भिड्ने छन् । त्यस्तै ३ बजे हुने दोस्रो खेलमा फोक्ताङ युथ क्लब र फुङ्नाम स्र्पोटिङ क्लब भिड्ने छन् ।
कुल २४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान