News
इण्डियन सुपर लिग क्लब पञ्जाबमा आवद्ध भए मनिष
काठमाडौं । नेपालका अनुभवी गोलकिपिङ प्रशिक्षक मनिष तिम्सिना भारतको शिर्ष लिग इण्डियन सुपर लिग (आइएसएल) क्लब पञ्जाब फुटबल क्लबको गोलकिपिङ प्रशिक्षकमा अनुवन्ध भएका छन् ।
पञ्जाब एफसीले शुक्रबार आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत मनिषलाई अनुवन्ध गरेको कुरा जानकारी गराएको हो । भारतीय फुटबलमा मनिषको नयाँ अनुभव भने होईन । यसअघि उनले गोकुलम केरलामा पनि आफ्नो जिम्मेवारी कुशलताका साथ निभाईसकेका छन् । साथै केरलासँग आई लिगको उपाधि पनि जितेका छन् ।
पञ्जाब एफसी त्यही क्लब हो, जहाँ नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङले पनि व्यवसायीक फुटबल खेलिसकेका छन् ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल